काठमाडौँ, २९ साउन । बाँकेको नेपालगन्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो ।
त्यस क्रममा नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ रुपैयाँसहित ब्राउनसुगर बरामद गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्