समाचार

रसुवामा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते



काठमाडौँ, २९ साउन । रसुवाको गत्लाङबाट काठमाडौँ आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस आज दिउँसो २ बजे दुर्घटना भएको हो ।

दुर्घटना बस सडकबाट ३० मिटर तल बसेको छ भने १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।