काठमाडौँ, १ भदौ । सङ्घीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ ।
यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।










प्रतिक्रिया दिनुहोस्