अर्थ

निगुरोको मूल्य घट्यो 



काठमाडौँ, १ भदौ । बजारमा निगुरोको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज निगुरोको मूल्य घटेको हो ।

शनिबार निगुरोको मूल्य थोकमा प्रतिकिलो ८५ रुपैयाँ थियो । आज भने यसको मूल्य किलोमा ९ रुपैयाँ घटेर ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।

वैशाख दोस्रो साता निगुरोको मूल्य थोकमा प्रतिकिलो ५५ रुपैयाँ थियो । जेठ दोस्रो साता आइपुग्दा निगुरो किलोको थोकमा २५ देखि ३० रुपैयाँमा किनबेच भएको थियो ।