काठमाडौँ, ४ भदौ । काठमाडौँको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार दिउँसो नर्थपोल स्कुल नजिकैको घरबाट अपरिचित व्यक्तिले नगद र गहना चोरेका हुन् । ६० वर्षीय पुरुषको डेराबाट २ लाख ३० हजार नगद र गहनासहित ९ लाख २० हजारको सामान चोरी भएको हो ।
घरमा कोही नभएको मौकामा ताला फुटाएर काठको दराज फुटाएर सो सामान चोरेर आरोपी फरार भएका छन् । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्