समाचार

भूकम्पको धक्का



काठमाडौँ, ७ भदौ । पूर्वी नेपालको संखुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार राति ११ः१५ मा जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।