काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा कुशे औंसीको शुभकामना व्यक्त गर्नुभएको छ ।
आज बुबाको मुख हेर्ने दिन कुशे औंसीको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बुबा आमालाई एउटा विशेष दिनमा मात्र नभई सधैं आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो । बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नु पर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो । सबैका जीवित पिताहरुलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा । बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना !’










प्रतिक्रिया दिनुहोस्