काठमाडौँ, ८ भदौ । रौतहटमा फेला परेको शङ्कास्पद सुटकेसभित्र एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएराति रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शङ्कास्पद सुटकेस फेला परेको थियो ।
रसीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव रहेको देखिएको हो । महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीहरूको अनुमान छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्