काठमाडौँ, ८ भदौ । बजारमा प्याजको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुकेको प्याजको मुल्ता घटेको हो ।
आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भएको थियो ।
एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्