समाचार

कुटपिटबाट एकजनाको मृत्यु



काठमाडौँ, ८ भदौ । स्याङ्जामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको हो ।

गएराति करिब ११ बजे थापामाथि कुटपिट गरिएको थियो । त्यसपछि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उनको उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाहीलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।