राजनीति

विधायन समितिको बैठक बस्दै



काठमाडौँ, ९ भदौ । आज सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । 

दिउँसो २ः३० बजे बस्ने तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेकाे छ ।