महोत्तरी, १० भदौ । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ ।
महिलाहरूले आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवतीदेवीले बताइन् ।
पर्वलाई मिथिलाञ्चलको गाउँ बस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्