काठमाडौँ, ११ भदौ । फिल्म ‘कन्यादान’ निर्माणको घोषणा गरिएको छ ।
अर्जुन सुवेदीले निर्देशनमा रहने फिल्मले श्रीमान् गुमाएका महिलाको जीवन र समाजले दिने चुनौतीलाई उठान गर्नेछ ।
फिल्मको सार ‘हरेक एकल महिलाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । समाजको परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसंग चलचित्रमा उठान गरिने बताए ।
कुमार भट्टराई र अर्जुन सुवेदीले चलचित्रको कथा लेखेका छन् । फिल्मको प्रस्तुतकर्तामा रेजिना विस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायांकन निर्देशनमा सुसन प्रजापति रहनेछन् ।










प्रतिक्रिया दिनुहोस्