काठमाडौँ, ११ भदौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैंले छनौट गर्ने भएका छन् ।
प्रधान्यायाधीश राउतले आज पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् । संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिंदै आएका थिए ।
पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले रोष्टरमा भएकामध्येबाट गोला प्रथा गरेर अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।
राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’










प्रतिक्रिया दिनुहोस्