राजनीति

महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन



काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाले लागि सबै वडा कार्यालयहरूलाई आफ्नो क्षेत्र भित्रका ढल, मंगल, क्याचपिट, नाली र ह्युमपाइप लगायतका संरचनाहरूको सरसफाइ गर्न निर्देशन दिएको छ ।

महानगरको विपद् व्यवस्थापन विभागले हिजो बुधबार जारी गरेको पत्रमा ‘डुबान समाधान’ गर्न भन्दै सफा गर्न निर्देशन दिएको हो  ।

विभागका प्रमुख जगदीश अर्यालका अनुसार विगतका वर्षहरूदेखि नै काठमाडौँ महानगरपालिकामा डुबान समाधानका लागि विभिन्न संरचनाहरूको सफाइ गरिँदै आएको र यस आर्थिक वर्षमा पनि सो कार्यलाई निरन्तरता दिइएको हो ।