काठमाडौँ, १२ भदौ । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो ।
आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज भने प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
असार अन्तिम साता अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्