राजनीति

सुनुवाइ समितिमा रामहरि खतिवडालाई लगिँदै



काठमाडौँ, १३ भदौ । संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लगिँदैछ ।

त्यसको जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउनेछन् ।

कर्मचारीको कुलिङ पिरियडमा भएको गडबडीका कारण विवादमा आएपछि खतिवडाले राज्य व्यवस्था समिति पदबाट राजीनामा दिएका थिए ।

खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको छ ।