समाचार

छाउगोठमा सुतेका दुईजनाको मृत्यु



काठमाडौँ, १३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किचेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते छिन् ।

प्रहरीका अनुसार घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षीया छोरी कविताको छाउगोठमा सुतेका बेला ढुंगाले किचेर आज बिहान मृत्यु भएको हो ।

उक्त घटनामा घाइते भएकी कविताकी आमालाई उपचारका निम्ति स्थानीय स्वास्थ्यचौकीमा पठाइएको छ ।