समाचार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध



काठमाडौँ, १५ भदौ । कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

शुभकालिका गाउँपालिका–१, गगने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गएराति करिब ९ बजेर २० मिनेटमा उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगा खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।