काठमाडौँ, १८ भदौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई समेटेर भेला गर्न लागिएको बताए । भेला भदौ २० र २१ गते हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
भेलामा संस्थापक सदस्यहरू, वडा अध्यक्षहरू, पालिका अध्यक्षहरू, जिल्ला अध्यक्ष तथा सचिवहरू, अञ्चल अध्यक्ष तथा सचिवहरू, विभागीय समितिका प्रमुखहरू, केन्द्रीय सदस्यहरू, सचिवालय सदस्यहरू तथा सल्लाहकार समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन उनले आह्वान गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्