काठमाडौँ, १८ भदौ । मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोक जिल्ला दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार, भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम र मोबाइल फोनसहित मालपोत कार्यालयको परिसरमै नियन्त्रणमा लिइएको हो । आयोगले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्