काठमाडौँ, १९ भदौ । अछाममा दुई किशोरी मृत फेला परेका छन् ।
आज तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनास्थल घरबाट ४ सय मिटर टाढा छ । उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ ।
घटनाबारे बिहान ९ बजे स्थानीयले देखेपछि जानकारी दिएका थिए । घटनाबारे सूक्ष्म तरिकाले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्