काठमाडौँ, २१ भदौ । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का लगायतका अधिकारीहरूले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा उनले मायादेवी मन्दिरको अवलोकन गर्दै सूत्र पाठ गरे । विश्व शान्ति, मानव कल्याण र नेपाल–भारत सम्बन्धको कामना गर्दै उनले दियो पनि प्रज्वलन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनीको भ्रमणपछि गवईले लुम्बिनीको गुरुयोजना र विकास निर्माणबारे चासो व्यक्त गरे । उनले लुम्बिनीको प्रचार-प्रसारका लागि नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहयोग निरन्तर रहने बताए ।










प्रतिक्रिया दिनुहोस्