काठमाडौँ, २२ भदौ । गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित रहेको चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागी सरकारले खुला गरेको छ ।
कुल उचाइ छ हजार ३८ मिटर रहेको दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ ।
सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । यस्तै, चामे, सिपाङ, हुम्डे, मनाङ लेडर हुँदै आधार शिवरसम्म पुग्न सकिनेछ ।
डिस्याङ गाउँपालिका–५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्