लमजुङ, २२ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानले जनताका समस्या बुझेर सिंहदरबार पुर्याउनु रहेको बताएका छन ।
अभियानअन्तर्गत नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उनले हालैको लमजुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ छलफल गरेको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताए।
उनले भने, “म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ । हामीले बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो । अहिले फेरि यसलाई निरन्तरता दिएका छौँ । यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो ।”










प्रतिक्रिया दिनुहोस्