समाचार

हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार



काभ्रे, २३ भदौ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा लागेपछि तालढुंगा स्वास्थ्य चौकीमा भर्ना  गरिएको थियो । तर आइतबार बिहानसम्म सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उनको उद्धार गरिएको अध्यक्ष थिङले बताए ।

गर्भवती महिलाको स्वास्थ्य अवस्था बिग्रँदै गएका कारण हेलिकप्टरबाट उनको उद्धार गरी काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको हो ।