काठमाडौँ, २३ भदौ । काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ ।
जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन् । जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् । उनीहरूले सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचरविरूद्ध प्रदर्शन गर्न लागेका हुन् ।
छलफलपछि माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम तय भएको छ । प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्