समाचार

जापानिज इन्सेफ्लाइटिसबाट तीनजनाको मृत्यु



काठमाडौँ, २३ भदौ । जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा तीनजनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार विगत डेढ महिनाको अवधिमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै लामखुट्टेको टोकाइबाट जिल्लामा नौजनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । जापानिज इन्सेफ्लाइटिस र डेंगीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा रोग रोकथामका निम्ति जनचेतना फैलाउने काम भइरहेको छ ।