समाचार

पहिरोमा दुई घर पुरिँदा दुईजना बेपत्ता



काठमाडौँ, २५ भदौ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६, च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुई घर पुरिदा दुईजना बेपत्ता भएका छन् ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छ । एकजनालाई सामान्य चोट लागेको छ । स्थानीय स्वास्थ्य केन्द्रमा उनको उपचार जारी छ ।