काठमाडौँ, २५ भदौ । नेकपा एमालेले जेन जी पुस्ताको आन्दोलनपछिको राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट नै हुनुपर्ने माग गरेको छ । उहाँले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट युवा पुस्ताको मागलाई सम्बोधन गर्न एमालेले आग्रह गरेको छ ।
महासचिव शंकर पोखरेलले एक विज्ञप्ती जारी गर्दै सो ‘प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ’ पोखरेलले भन्नुभएको छ ‘सार्थक संवाद सुरु गर्न एवं परिणामुखी संवादकै माध्यमबाट सुशासन,सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत् रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानआकर्षण गराँउछौं ।’
पोखरेलले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन दिन नहुने बताउनुभएको छ । ‘समस्या समाधानका प्रत्येक प्रयासले लोकतन्त्र थप सुदृढ गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ ’ पोखरेलले लेख्नु भएको छ ‘असामान्य स्थितीको लाभ उठाउँदै देशभरी भइरहेको लुटपाट,आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जीउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अंगहरुलाई आह्वान गर्दछौं ।’
महासचिव शंकर पोखरेलले आन्दोलनका क्रममा १९ जनाको निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले एमाले दुखित भएको भन्दै मृतकप्रति श्रद्धान्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । ‘घटनाको निष्पक्ष छानविन हुनुपर्दछ र दोषी माथी कानुन बमोजिम कारबाही हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ’ पोखरेलले लेख्नु भएको छ ।
महासचिव पोखरेलले पार्टी पंक्तीलाई कतिपनि बिचलित नहुन,एकताबद्ध हुन र भविष्यप्रति आशावादी भएर अगाडी बढ्न आग्रह गर्नुभएको छ । उहाँले एमाले निरङ्कुशतन्त्र,सशस्त्र द्वन्द्व,सामाजिक विद्वेशको चरम अवस्था एवं प्राकृतिक एवं मानव निर्मित विपत्ति जस्ता असामान्य चुनौतिसँग जुभ्mदै र तिनीहरु माथी विजयी हासिल गर्दै यहाँसम्म आइपुगेको स्मरण गराउनु भएको छ । उहाँले पार्टी नेता,कार्यकर्ता सबैलाई आपसी सम्पर्कमा रहन,समस्याको सामुहिक समाधानको प्रयास गर्न,प्रशासनसँगको समन्वय सार्वजनिक तथा निजी सम्पतीको रक्षा गर्न,शान्ती सुरक्षा कायम राख्न र जनतालाई परेको पिरमर्कामा आवश्यक राहात प्रदान गर्न आवश्यक समन्वय गर्न पोखरेलले पार्टींपंक्तीलाई निर्देशन गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्