समाचार

पोखरामा आगजनी हुँदा जलेर २ जनाको मृत्यु



काठमाडौँ, २५ भदौ । पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । 

त्यस्तै अंशुभारा बिल्डिङ लेकसाइडमा भएको आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले देशभर ठुलो क्षति पुगेको छ ।