राजनीति

संसद् विघटन गर्न पाइँदैन: सोबिता गौतम



काठमाडौँ, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छिन् । 

बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटनको काम सह्यै नहुने बताएकी हुन् । उनले भनिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो ।’ 

उनले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने बताइन् । जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थ प्रेरित निर्णय गर्न नपाइने धारणा राखिन् ।