काठमाडौँ, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं दुईका आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत सोमबार बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।
प्रदेश नं दुई मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन सुरु भएको छ ।
मतदान गर्नका लागि बिहानै देखि स्थानीय केन्द्र केन्द्रमा लाइन लागेका छन् । निर्वाचनपछि छ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । तेस्रो चरणको निर्वाचनमा ३७ हजार दुई सय ३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको बताइएको छ ।
मतदान केन्द्रमा बेलुका ५ बजेसम्म जाने मतदाताले सहजै मतदान गर्न पाउने छन् । स्थानीयको मतले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य विजयी गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्