काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत उनले समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । “बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला,” उनले भनेका छन् ।
उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने वाचा गरेका छन् । “बीचमा हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु । सच्याउँछौँ । तर, अहिलेको यो अवस्थालाई सम्हालने कुरामा अनुरोध गर्छु,” उनले भनेका छन् ।
उनले ‘जेनजी’को आक्रोशप्रति पनि माफी मागेका छन् । “म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपर्थ्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु,” उनले भनेका छन् ।
थापाले यही भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफी मागेका छन् ।










प्रतिक्रिया दिनुहोस्