बारा, २८ भदौ । बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठले जेनजीको आन्दोलनमा घर जलाउनेहरूले भ्रष्ट्राचारी प्रमाणित गर्न सके आफै जल्न तयार भएको बताएका छन् ।
जेनजीका आन्दोलनकारीले मंगलवार श्रेष्ठको सिमरा स्थित निवास, आधा दर्जन सवारी साधन र व्यवसायमा तोडफोड र आगजनी गरेर ध्वस्त पारेका छन् । श्रेष्ठले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्ने षडयन्त्रकारी दलालहरूलाई नछोड्ने बताएका छन् ।
श्रेष्ठले भने, ‘चोक चौतारामा बसेर किसान श्रेष्ठको घर जलाउनुपर्छ, भनेर सार्वजनिक सम्पत्ति र व्यक्तिको घर तोडफोड गर्ने र जलाउने काम भयो ती दलालहरूको पहिचान भइसकेको छ । कानुनले नसके जनताले एक दिन तिनीहरूलाई कारबाही गर्नेछन् ।’










प्रतिक्रिया दिनुहोस्