राजनीति

चोरबाटोबाट प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्तीः सुदन किराती



काठमाडौँ, २८ भदौ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रधानमन्त्री सुशिला कार्कीको नियुक्ती चोरबाटोबाट भएको भन्दै आपत्ती जनाएका छन् ।

जेनजी आन्दोलन पश्चात शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायाधिस शुसिला कार्कीलाई नियुक्त गरी ६ महिनाभित्रमा प्रतिनिधिसभाको निर्वाचन गराउने गरी सफथ गराएका छन् । सो सँगै प्रतिनिधिसभाको विघठन समेत भएको छ । सोही विषयलाई लिएर नेता किरातीले उक्त प्रकृयालाई चोरबाटोको संज्ञा दिएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशिला कार्की नियुक्ती हुनु भएकोमा बधाई छ । अब जेन-जी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानविन सम्बन्धि उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । साथै यो आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंस बारे छानविन गर्न अर्को उच्च स्तरिय न्यायिक आयोग पनि गठन हुनुपर्छ । तर दलित, महिला, जनजाति, मधेशी र मुस्लिम आदी समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाएको यो संविधान तलमाथि नगरियोस् यदी तलमाथि गर्नु भयो भने परिणाम गम्भिर हुनेछ ।’