Banner News

नेपालमा मौलिक पर्वहरूले संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएका छन्: राष्ट्रपति पौडेल



काठमाडौँ, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त नेपालमा मौलिक पर्वहरूले आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम कायम गर्दै महिलाप्रतिको श्रद्धा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याइरहेको बताएका छन् ।

सोमबार जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुतामा योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।