अर्थ

नेपाल टेलिकमको ७० हजार वटा रिचार्ज कार्ड चोरी



काठमाडौँ, ३० भदौ । जेनजी पुस्ताको आन्दोलनको क्रममा गण्डकी प्रदेशको महेन्द्रपुलस्थित नेपाल दूरसञ्चार कम्पनीको प्रदेश निर्देशनालय भवनमा तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको पाइएको छ ।

नेपाल टेलिकमले आइतबार आपतकालीन सूचना जारी गर्दै ती कार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ । कम्पनीका अनुसार, चोरी भएका कार्डमध्ये सय रुपैयाँ मूल्यका ७० हजार र पाँच सय रुपैयाँ मूल्यका करिब दुई सय कार्ड चोरी भएका छन् । ती कार्डका श्रेणी नम्बर समेत सार्वजनिक गरिएको छ ।  

सूचनामा भनिएको छ, “उक्त श्रेणी नम्बरभित्रका सबै कार्ड चोरी भएकाले प्रयोग नगर्नुहुन अनुरोध गरिन्छ । प्रयोगमा ल्याइएका कार्डले सेवामा समस्या उत्पन्न गराउन सक्छन् ।”