काठमाडौँ, ३० भदौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
उनले फेसबुकमा स्टेटस लेख्दै बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, “अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज।समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ ।”










प्रतिक्रिया दिनुहोस्