काठमाडौँ, ३० भदौ । कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार वाणगंगा नगरपालिका–६, गन्धर्व टोलमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको हो ।
आइतबार साँझ आफ्नै घरमा ३५ वर्षीया गोमा नेपालीलाई सर्पको टोकेको थियो । उपचारका निम्ति गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्