कपिलवस्तु, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लवको भने फरक धारणा छ । उनले यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमन घिसिंगले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । विप्लव कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा बोल्दै यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । उनले यस्ता व्यक्तिहरुले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ? त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । …यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो । त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ । हेर्नुस् धेरै कुराहरु छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने ।’










प्रतिक्रिया दिनुहोस्