काठमाडौँ, ३१ भदौ । डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो ।
सोमबार करिब ३५ वर्षकी ती महिलाको नाम, थर र वतन भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ । नदी किनारमा शव भेटिएपछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी टोली पुगेर घटना स्थलको अनुसन्धान गरेको छ ।
शवलाई अहिले जोगबुढा अस्पतालमा राखिएको र मृत्युको कारणबारे हालसम्म केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्