काठमाडौँ, ३१ भदौ । जेन-जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज पशुपतिमा अन्त्येष्टि गरिँदैछ ।
त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइएको छ ।
अन्त्येष्टिमा उनीहरुलाई राष्ट्रिय सम्मान समेत दिइने छ । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो ।
सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । त्यस्तै, सरकारले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्