काठमाडौँ, १ असोज । यस वर्षको बडा दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटदेखि देवी विसर्जनको साइत रहेको छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।
२०८२ सालको बडादशैं असोज ६ गतेदेखि शुुरु हुँदैछ । ६ गते घटस्थापनाको उत्तम साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा र स्थिरासन बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्