Banner News

चर्चा भएजस्तो टानमा अब कुनै विवाद छैन



ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), अध्यक्ष चन्द्रप्रसाद रिजाल

टानले हाल के कस्ता काम गरिरहेको छ ?

पदयात्रा क्षेत्रलाई कसरी व्यवस्थीत गर्न सकिन्छ, नयाँ गन्तव्य कसरी पहिचान गर्न सकिन्छ, बिग्रेका रुट बनाउनुका साथै त्यसलाई कसरी अन्तर्राष्ट्रिय बनाउने, आन्तरिक पर्यटकलाई कहाँसम्म पदयात्रा गराउन सकिन्छ, व्यवसायीलाई कसरी समुन्नत बनाउन सकिन्छ, सकारलाई कसरी व्यवसायी मैत्री बनाउन सकिन्छ भन्नेमा टान लागि रहेको छ ।

पछिल्लो समयमा नेपालमा पनि पदयात्री बढेका छन् । जुन समयमा ऐन बनेको थियो । त्यो समयमा जति व्यवसायी थिए, जति पर्यटक आउने गरेका थिए, त्यसलाई आधार मानेर बनाइएको थियो । त्यो परिस्थिती अहिले छैन । तसर्थ ऐन नियमलाई समय सापेक्ष बनाउर्ने आवश्यकता छ त्यसमा टान लागेको छ ।

तपाईको कार्यकालमा भएका रुट भन्दा कुनै नयाँ रुटको पहिना भयो त ?

अहिले ३२–३३ वटा रुट निरन्तर रुपमा सञ्चालनमा रहेका छन् । व्यवसायीले पनि आफु जाँदा देखेको रुटको विकास वा प्रचार प्रसार गर्नुपर्ने समय आएको छ । उहाँहरुले देखेको रुटलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ । तर व्यवसायीले मैले ल्याएको रुट ल्याँएको छ यसलाई अन्तर्राष्ट्रियकरण गरौं भनेर आउने स्थिती बनेको छै्रन् । जुन हुन आवश्यक छ ।

तैपनि यसमा राज्यले ध्यान दिएको छैन । जसका कारण केही समसया सृजना भएको छ ।  नेपालमा समय–समयमा मन्त्री, सचिव परिवर्तन भइरहँदा समस्या भएको छ । हामीले नयाँ रुटका लागि केही काम गरेका छौं, जसको तत्काल असर देखिँदैन् तर पछि देखिन्छ ।

व्यवसायीले देखेको रुट टानमा ल्याएर सुचिकरणमा जाने कुनै प्रकृया सुरु भएको छ ?

यसका लागि टानले रुटको अध्ययन गरेर ल्याएको रिपोर्ड मन्त्रालय, पर्यटक बोर्डमा पुगेको छ । त्यो सार्वजनिक गरिएको छैन । सार्वजनिक गरेको खण्डमा अर्को आउने कार्यसमितिले पनि अध्ययन गर्नेछ । जसले दिर्घकालीन सहयोग पुुग्ने छ । त्यो मैले वा मेरो कार्यसमितिले हेरेर मात्र हुने होइन ।

त्यो त सरोकारवालाले प्रकाशित गर्नु पर्ने हो । त्यसमा खासै चासो दिएको छैन् । त्यसमा थपिएका रुट उल्लेख गरिएको छ । अहिले विगत दुुई वर्षदेखि टिम्ब्स कार्डको रकम रोकिएको छ । त्यसमा कसैको ध्यान नै छैन । यसमा मैले मात्र भनेर केही हुँदैन् । यो विषय उठान गर्यो विरोधी भइन्छ, नउठायो कामै गरेको छैन भन्ने हुन्छ ।

टिम्सको रकम किन रोकिएको हो ?

यो सबै अख्तियारको डरका कारण हो । त्यसमा हस्ताक्षर गर्यो की अख्तियार पुगिएला भन्ने डर हुन्छ, त्यसका कारण रोकिएको हो । यो विषयमा बुझ्नै नचाहेर समस्या भएको हो । यसमा राजश्व बाँडफाँड, खर्चगर्ने काम महत्वपूूर्ण रहेको छ । पैसा आउने, भत्ता पाउने ठाँउमा हस्ताक्षर गर्ने र नपाउने ठाँउमा हस्ताक्षर नगर्ने समस्याका कारण टिम्सको रकम रोकिएको हो ।

ऐन संशोधनका लागि केही सुुझाव दिएको छ टानले ?

हामीले हरेक मन्त्री, सचिव आँउदा ऐन संशोधनको विषय उठाउने गरेका छौं । उहाँहरु आउनासाथ खाजा बुके लिएर जाने गरेका छौं । त्यो समयमा हामीले बुकेसहित ऐन, नियमावली पनि लिएर जाने गरेका छौं । यो हाम्रो बाध्यता उहाँहरुको चाहना भएको छ ।

उहाँहरुलाई त्यती नगरे सम्मान गरेर भनेर भोलीदेखी अरु काम नै गर्न सकिँदैन् । यो नगरेको खण्डमा हामीलाई भेट्नै दिनुहुन्न, अनी हाम्रो कुरा सुन्नुहुन्न । २०३५ सालमा बनेको ऐन संशोधनका लागि हामीले मन्त्रालयलमा पटक दर्ता गराएका छौं, तर हरेक पटक हराउने गरेको छ ।

एक जना मन्त्रीले भन्नुहुन्थ्यो, पहिला कुरा बुझिएन बुुझ्दा जाने बेला भइसक्दोरहेछ । अहिले टानको काम जाने दर्ता गर्ने मात्र भएको छ ।

नेपालमा विदेशबाट सात देखि १० लाख पर्यटक भित्र्याउने योजना पुरा भएको छ त, यसलाई बढाउन के गर्नुपर्छ ?

यो भएको छैन, यसका लागि व्यवसायीले भन्दा सरकारले काम गर्न जरुरी छ । सरकारले आवश्यक काम गरेको छैन । यसमा राज्यले नै अध्ययन गर्ने हो भने देशलाई आर्थिक रुपमा सम्बृद्व बनाउन सक्छ । नेपालमा जम्मा एउटा अन्तर्राष्ट्रिय बिमानस्थल छ ।

पहिला सिधैं उडान भर्ने रुटहरु अहिले बन्द भएका छन् । पहिलो लन्डन, जापान सिधै उडान भर्ने गरेका थिए । पहिला हाम्रा आफ्नै हवाइजहाज थिए, अहिले त्यो छैन । नेपालमा धेरै पर्यटक ल्याउन अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यक छ । त्यो बनाउन नसक्ने पनि होइन । त्यसका लागि दिर्घकालीन सोच भएको नेतृत्वको आवश्यक छ, त्यो हुन सकेन् ।

हामीले आफ्नो देशलाई फाइदा हुने किसिमले चीन, भारत वा अन्य देशसँग सम्बन्ध विस्तार गर्न सकेनौं । अन्य देशको त टाढैको विषय हो । नेपालमा जताततै भष्ट्राचार र कमिशन तन्त्र मात्रै छ, त्यसैले समस्या भएको हो । अन्य ठाँउमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकेको खण्डमा त्यहाँ पनि ठूला होटेल खुल्ने थिए ।

त्यहाँ पर्यटक आउने थिए । त्यसतर्फ कसैको ध्यान जान नै सकेन ।  नेपालमा आउने पर्यटक के चाहन्छन भन्ने विषयमा अध्ययन गर्न नै चाहेनौ, यो अर्को समस्या हो । नेपालमा पाँच मात्र हैन करोडको हाराहारीमा पर्यटक आउन पर्ने हो । पर्यटकका लागि नेपालमा धेरै भर्जिन ठाँउहरु छन्, तर खैत, यहाँको संस्कृती, प्राकृतिक सौन्दर्य बेच्न सकेको । खाली सगरमाथा छ भन्यो, दुई चारवटा हिमाल देखायो, अनि कसरी आउँछन् नेपालमा धेरै पर्यटक । सबै हिमालको पनि प्रचार प्रचार गर्न सकेको छैन ।

नेपालको पर्यटकीय गन्तव्यमा उपत्यका, चितवन, पोखरा, लुम्बीनि मात्र हो अन्य ठाँउमा चाँही पर्यटक लैजान, उनीहरुलाई देखाउने कुरा छैनन र ?

नभएको हैनन् अन्य ठाँउमा पनि धेरै छन्, तर उनीहरुलाई लैजाने सक्ने अवस्था अली छैन । आर्थिक रुपमा निकै महंगो पर्न जान्छ । बस्न, खान कुनै समस्या छैन तर हवाईको समस्या छ ।

पर्यटक निश्चित समयका लागि आउने गर्दछन् । अहिले विस्तारै चीनले हिमालको विकास गर्दैछ, तर हामी नियन्त्रणका नाममा उक्त ठाँउमा जान मंहगो शुल्क लिने गरेका छौं, सहजै जाने परिस्थीती बनेको छैन । अनी कसरी अन्य ठाँउको प्रचार प्रसार गर्न सकिन्छ ।

नेपालमा आउने पर्यटकको बसाइ लम्ब्याउन के गर्न आवश्यक छ ?

हामीले यसका लागि ड्राफ्ट बनाएको छौं । यसका लागि भौतीक संरचना विकास गर्नु प्रमुख काम हो । जसका लागि लुुम्बिनी, पोखरा, मुस्ताङको विकास निजी क्षेत्रले गर्दा भएको हो । त्यहाँ खै सरकारले काम गरेको छ । मुस्ताङमा निजी क्षेत्रले पर्यटक नपठाएको भए अहिलेको अवस्थामा पुुग्दैन थियो ? त्यहाँ सरकारले कुनै काम गरेको छैन ।

बसाई लम्ब्याउन नगरकोट, धुलिखेलको विकासका लागि, पोखरा, चितवनको विकास लागि धेरै काम गरेका छौं । राज्यले लगानी गरेर अली सस्तो फियर दिनुभनेको सुनेको छैन । पर्यटकको बसाई लब्म्याउने भनेको सस्तोमा राख्ने पनि हो । त्यो हुन सकेको छैन । त्यती मात्र नभएर अन्तर्राष्ट्रिय संग्रहालय बनाउँ भनेकै छौं । खै कहाँ काम भएको ।

काठमाडौंमा नै साइट सिन गराउने ठाँउ छैन । पाटन, भत्तपुरको बिग्रेका छन् । भत्केको कुरा निश्चित समय पो देखाउने त, सँधै त्यही देखाएर हुन्छ ? पहिलो कस्तो थियो, आज कस्तो भयो र भोली कस्तो हुनेछ भनेर किन नदेखाउने । त्यसमा कहिले ध्यान जाने ?

टानमा तपाई आउने समयमा जे योजना ल्याउनु भएको थियो, त्यो कति पुरा भयो अब कति बाँकी छ ?

सचिवालय व्यवस्थापनका कुरा, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, विभिन्न संघ–संस्था, नियमनकारी निकाय, सरकारी निकायसँगको सम्बन्ध विस्तारमा निकै काम भएका छन् । ठोस रुपमा देखिने, नियम कानून, ऐन नियमावली संशोधन गर्ने काम हुन सकेन ।

जसले गर्दा व्यवसायीले राहत पाउन सकेका छैनन् । त्यो राज्यका कारण नभएको हो । मेरो कार्यकालमा चार जना मन्त्री पाँच जना सचिव चार जना विभागको महानिर्देशक परिवर्तन भए । मन्त्रीहरु आएपछि व्यवसायीका समस्याका बारेमा जानकारी गरायो । काम हुुँनै नपाई उहाँहरु जाने गरेका कारण काम हुन सकेन ।

तपाईको कार्यकाल किन विवास्दास्पद बन्यो ?

मेरो कार्यकालमा विावादास्पद हैन कम विवादास्पद भएको हो । २०६३–६३ पछि यस्ता संस्थामा अली बढी राजनीति भएको छ । यो कार्यकालमा त्यो भएन । आर्थिक परिचालको विषयमा केही विवाद भए, त्यो नभएको होइन् । जति चाँडो काम गर्नु पर्ने हो त्यो हुन सकेन । त्यसमा अवश्यक विवाद भएकै हो ।

त्यो हु्नाको कारण विभिन्न राजनीति दल र आफ्नो चेतनाको कारण हो । कहाँ के गर्नुपर्छ भन्ने बुझन नसक्दा समस्या भएको हो । अब त्यो विवाद सकियो । अहिले कुनै विवाद छैन ।