काठमाडौ, ३ असोज । पर्सामा मतगणना नतिजा सार्वजनिक भएका ६ स्थानीय तह मध्ये एमालेले ४ र कांग्रेस–माओवादीले एक एक स्थानमा अग्रता लिएका छन् । प्रारम्भिक नतिजा सार्वजनिक भएकामध्ये एमालेले पर्सागढी, पटर्वा सुगौली, सखुवा पर्सौनी र बिन्दबासिनी गाउँपालिकामा अग्रता लिएको छ भने कांग्रेसले कालिकामाई र माओवादीले ठोरीमा अग्रता लिएको छ ।
१४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकाबाहेक अन्य सबै नगर र गाउँपालिकामा मतगणना शुरु भएको छ । मतगणना जारी रहेकामध्ये ६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
पटेर्बासुगौली गाउँपालिका वडा न १ मा एमालेका फरमान मिया अन्सारीको प्यानलै विजयी भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नम्बर १ मा एमालेका सगिर मियाको प्यानलैले जित निकालेको छ । ठोरी गाउँपालिका वडा नम्बर १ मा माओवादीका रामप्रकाश कुँवरको प्यानल विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्