राजनीति

संविधानका त्रुटी संशोधन गर्नु आवश्यक छ : मुख्यमन्त्री सिंह



जनकपुरधाम, ४ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संविधानमार्फत प्राप्त सङ्घीयताले गाँउ–गाँउसम्म विकास भएको बताउनुभएको छ ।

दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशको विगत तथा वर्तमान विषयमा युवालाई जानकारी गराउनुपर्ने उल्लेख गर्नु भयो ।

उहाँले संविधानको रक्षा गर्दै संविधान अन्तर्गत रहेका त्रुटी संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भदौ २४ गते देशमा उत्पन्न परिस्थितीलाई मध्यनजर गरी सामाजिक सञ्जालमा आफुले राजीनामा गरेको भएपनि सङ्घीयताको रक्षाका लागि आफुले राजीनामा नगरेको जिकिर गर्नुभयो ।