पर्सा, ५ असोज । पर्सामा भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थालेको छ ।
सखुवा प्रसौनी गाउँपालिका–१ सथवलमा शनिबार आयोजित कार्यक्रममा स्थानीय ३७ भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासी गरी ४४ जनालाई लालपूर्जा वितरण गरिएको हो।
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र आयोगका अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् । त्यहाँ ६ दशकदेखि लालपुर्जाबिनै बसोबास गर्दै आएका दलित र अव्यवस्थित बसोबासीलाई पहिलोपटक लालपुर्जा उपलब्ध गराइएको हो । दसैंलगत्तै ठोरी गाउँपालिका–४ का १ हजार १ सय ९७ जनालाई पनि लालपुर्जा वितरण गर्ने कार्यक्रम रहेको आयोगका अध्यक्ष अहमदले जानकारी दिए । जिल्लामा कुल ५ हजार १ सय ७८ जनालाई लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्