राजनीति

माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै



काठमाडौँ, ५ असोज । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । 

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।