काठमाडौँ, ७ असोज । निर्वाचन आयोग मतपेटिकासहित निर्वाचन सामग्रीको मौज्दात संकलन गर्दैछ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि के कस्ता सामग्री छन् र के कति आवश्यक रहेको छ भनेर आयोगले विवरण संकलन गर्न थालेको हो ।
आयोगका अनुसार निर्वाचन पूर्वको तयारीका सम्बन्धमा आयोगले काम गरिरहेको र जिल्ला-जिल्लाामा रहेका मतपेटिका लगायतका सामग्री कति छन्, कति काम लाग्ने अवस्थमा छन् । कति थप चाहिन्छ भनेर हेरिरहेको छ । त्यसका आधारमा बजेटिङ गर्नुपर्छ ।
१६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि समेत आयोगले प्रस्ताव गरेर गृहमन्त्रालय पठाएको छ । गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्